दफा १३
समितिको बैठक
: (१) समितिको बैठक कम्तीमा वर्षको चार पटक बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) समितिका पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) समितिको बैठकको निर्णय उपस्थित सदस्यहरुको बहुमतको आधारमा गरिनेछ । मत बराबर भएमा अध्यक्षले निर्णयात्मक मत दिनेछ ।
(५) समितिको निर्णय सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(६) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।